Previous
Next
हाम्रो बारेमा
किराँत खम्बु राई समूह भित्र कै एक अङ्ग खिम्दुङ पाछा हो । ईतिहासमा उल्लेखित अथवा हालसम्म पत्ता लागे अनुसार खिम्दुङ वंशका आदि पूर्खा हामी र राचिङ उखिया (रुसुमीहाङ) का वंशीय सन्तानहरुको लगभग २०८० साल सम्म आईपुग्दा २३औं पुस्ता चलिरहेको अवस्था विद्यमान छ ।
तत्कालिन समय र परिस्थिति अनुसार जीवन जिउने क्रममा हाम्रा आदि पूर्खा भोजपुर जिल्लाको उत्तरी भेग सालेमा-लुङखिम (हाल साल्पासिली छो गाउँपालिका) साविक दोभाने गा.वि.स. बाट पिखुवा खोलाको उद्गम स्थल सुम्लिखा, सावा हुँदै रिमचिम गाउँ (हाल टेम्केमयु गाउँपालिका-१) साविक तिम्मा गाउँपालिका ७ मा आई बसोबास भएको र निजको सन्ताहरु रिमचिम गाउँबाट अन्य विभिन्न जिललाका स्थानहरुमा बसाईसराई गर्दै फैलँदै पूर्वी नेपालको दशवटा जिल्लाहरुमा बसोबास रहेको तथ्य प्रमाणसँगै एसिया महादेशको केही मुलुकहरुमा पनि बसोबास गर्दै आएको प्रमाण छ जस्तै भारत, वर्मा बङ्गलादेश,मलेशिया, भुटान, जापान र थाईल्याण्ड आदि छन् भने यूरोप महादेशको बेलायत, फ्रान्स र जर्मनी जस्ता मुलुकहरुमा पनि छरिएर बसेको तथ्य प्रमाण पाईएको छ । त्यति मात्र होइन अमेरिका महादेशको विभिन्न मुलुकहरुमा पनि यसै गरि छरिएर बसेका तथ्य प्रमाण पाइएको छ । यसै गरि अष्ट्रेलिया जस्ता विचित्रको महादेशमा पनि खिम्दुङ वंशका पाछाहरु बसोबास गर्दै आएका तथ्य प्रमाण पाईएको छ ।
यसरी खिम्दुङहरु स्वदेश र विदेशमा समेत विभाजित भएर बसोबास गर्नाले कालन्तरमा गएर एउटै रगत भित्र सामाजिक तुसारापात / विकृति नहोला भन्न सकिन्न ।
यस विषयलाई नै मध्यनजर राखी आफ्नो वंश भित्रका सामाजिक, धार्मिक, सांस्कृतिक र वंश एकतालाई एकरुपता / एकिकृत गरी सिङ्गो राष्ट्रको चौतर्फी विकास निर्माण सहयोग पुर्याउन सकियोस भन्ने मान्यता खिम्दुङ राई कल्याणकारी समाज (Khimdugrai Welfare Society) नामक संस्था स्थापना तथा सञ्चालन गर्नको निम्ति यो संस्था खोलिएको हो ।
अत्यन्तै रोचक विषयः
खिम्दुङ पाछा कसरी रहन गयो भन्ने बारे तत्कालिन समयमा सबै मानिसहरुले खरको घर बनाएर बस्ने गर्दथे । त्य खरको घर चाहिँ खर वा परालले छाउने गरे तापनि त्यसको धुरी बाँध्न चाहि अरु कसैले पनि जान्दैनथे ।
सो अवसरमा खिम्दुङ राई चाहिँ घरको खरको छानो बाँध्न अत्यन्तै सिपालु थिए । त्यसैले खिम भर्नको घर दोङ भनृका धुरी बाँध्न जान्ने सिपालु मान्छ । खिम+ दुङ=खिम्दुङ राई पाछा रहन गएको हो भनेर इीतहास रहेको छ ।
देश वा विदेशमा रहेको खिम्दुङ राईहरुलाई एकता गरी जोड्नको निम्नि निम्न वंशीय मेसेन्जर ग्रुप हरु मार्फत जोडिनको निम्ति हार्दिक अनुरोध गरिन्छ ।
१) खिम्दुङ राई कल्याणकारी समाज (चिण्डो राखिएको छ)
२) World Khimdung Rai Society
३) खिम्दुङ सृजनशिल आमा समूह
४) www.khimdungraiwelfaresociety.org
५) Dilman Laxmi Khimdung Rai for website matter
धन्यवाद
पछिल्लो सुचना
आफ्नो खसमको प्रतिक्षारत शान्ति माया
दयाकृष्ण राई प्रतिक्षाको घडीको काँटा माथी चढेर फनफन्ती परिक्रमा गरिरहेकी…
रगतको आँखीझ्याल
रगतभित्र आँखीझ्याल छ अथवा लाखौं वर्ष पहिले उद्भव भएको रातो…
प्रवासी चेतनामा अस्तित्वको खोजीः सम्झनाको आलिङ्गनमा बाँधिएर (समालोचना)
पूर्ण इन्फादा प्रारम्भ :नेपाली तन्नेरी रगत आफ्नो साम्राज्य बिस्तारका लागि…
हाडेओखरजस्ता कविता
शलु कवितालाई ‘विश्लेषित मानवीय अनुभूतिको संलेषित र कलाको परिमार्जित संवेगात्मक…