सन्स्कृती

हाम्रो बारेमा

राष्ट्रिय बहिरा महासंघ नेपाल National Federation of the Deaf Nepal (NDFN) को स्थापना बहिराहरुको अधिकार र विकासका लागि छाता संगठनको रुपमा २०५२ सालमा  भएको हो । आठ स्थानीय बहिरा संघहरुको पहलमा गठन भएको यो महासंघमा हाल ४७ वटा स्थानीय बहिरा संघहरु आबद्घ छन् । सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुलाई बहिरा भन्ने गरिन्छ । बहिरा समुदाय सांकेतिक भाषामा सञ्चार गर्ने भाषिक अल्पसंख्यक समुदाय हुन् ।  उनीहरु सञ्चारमा पहुंचका लागि स्थानिय भाषा र संस्कृतिका आधारमा विकसित भएका संकेतहरुको दृश्य संचारमा पूर्णरुपमा निर्भर हुन्छन् ।

बहिरा महासंघले बहिरा व्यक्तिको पहिलो भाषाको रूपमा नेपाली साङ्केतिक भाषाको मान्यता, विकास र प्रसारका साथै पैरवी पनि गर्दै आइरहेको छ साथै नेपालमा एक जिल्ला एक स्थानीय बहिरा संघ गठन गर्ने नीति अनुसार स्थानीय बहिरा संघहरुको गठन र उनीहरूको क्षमता अभिवृद्धि, नेतृत्व तथा जागरूकता, बहिरालाई दोभाषे सेवा, अधिकार, सामाजिक समानता र भेदभाव मुक्त बहिरा समुदाय का लागि पैरवीका कार्यहरु गर्दै आइरहेका छन् । तर पनि अझै बहिरा व्यक्तिहरूसँग सञ्चार, शिक्षा, स्वास्थ्य, सीप प्रशिक्षण, र रोजगारीमा पहुँचयुक्त छैन ।

फोटो